रिडीमा पनि गंगा आरती

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । रिडीमा गङ्गा आरती (गण्डकी आरती) हुने भएको छ । चारधाम मध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा गङ्गा आरती (गण्डकी आरती) हुने भएको हो ।

गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरुक्षेत्र धाम रिडीमा माघे संक्रान्तिदेखि एक हप्तासम्म गण्डकी आरती हुने भएको छ । भारतको बनारसबाट गुरु बोलाई रिडीका गुरुहरुलाई सिकाउने र त्यसपछि निरन्तर गण्डकी आरती हुने भएको हो ।

रुरुक्षेत्रका विभिन्न संघ-संस्था, उद्योगी, व्यापारी, समाजसेवी लगायतको भेलाले रुरुक्षेत्र रिडीमा गङ्गा आरती गर्ने निर्णय गरेको हो । समाजसेवी ताराचन्द्र भट्टराईको अध्यक्षता तथा चिरञ्जीवी ज्ञवाली सचिव रहने गरी २७ सदस्यीय आरती मुल व्यवस्थापन समिति गठन समेत गरिएको छ ।

ADVERTISEMENT

गण्डकी आरतीको लागि केही कामहरु अघि बढिसकेको र यो पवित्र कामले सबैको आकर्षक स्थलको रुपमा रिडी विकसित हुने वडा अध्यक्ष नवराज विकले बताउनुभयो । आवश्यक आर्थिक लगायतको व्यवस्थापनका लागि आर्थिक संकलन गर्ने कार्य भईरहेको र दैनिक गङ्गा आरती गराउने परिकल्पना भएको छ ।

आरती मुल व्यवस्थापन समितिको बैठक बसेर विभिन्न कार्ययोजना बनाएर माघ एक गतेदेखि गङ्गा आरती सुरु हुने आरती मुल व्यवस्थापन समितिकाअध्यक्ष ताराचन्द्र भट्टराईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज