गुल्मी। गुल्मीको एक स्थानीय तहको गाउँसभामा छलफलका लागि तीन वटा विधेयक पेश भएका छन् । जिल्लाको मदाने गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशनमा तीन वटा विधेयक पेश गरिएको हो ।
यस गाउँपालिकाका विधायन समिति संयोजक सुशील चन्दले गाउँसभामा तीन वटा विधेयक छलफलका लागि प्रस्तुत गर्नुभयो । उहाँले गाउँसभामा संस्था दर्ता विधेयक-२०८०, जलस्रोत व्यवस्थापन गर्न बनेको विधेयक-२०८० र नगर प्रहरी कार्यविधि-२०८० प्रस्तुत गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले बताउनुभयो ।
सभामा आर्थिक वर्ष २०७९/०८० को अन्तिम लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमाथि छलफल गरिएको थियो । यस सभामा प्रस्तुत भएका विधेयकहरु छलफल पश्चात् गाउँसभाको अर्को बैठकबाट पास गरिने उहाँले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts