कालीकोट । शैक्षिक गुणस्तर सुधारका लागि पछिल्लो समय सामुदायिक विद्यालय सक्रिय भएको देखिन थालेको छ । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा रहेको कालीकोटको दोस्रो माध्यमिक विद्यालय बडिमालिका माध्यमिक विद्यालयमा अहिले रात्रिकालीन कक्षा सञ्चालन हुँदै आएको छ ।
विद्यार्थीको पढाइमा सुधार ल्याउन र आगामी एसइई परीक्षामा राम्रो नतिजा ल्याउनका लागि विद्यार्थीलाई छात्रबासमा राखेर रात्रिकालीन पढाइ सुरु गरिएको विद्यालयले जनाएको छ । बडिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालले शैक्षिक सुधारका लागि यो प्रयास गरिएको बताउनुभयो । उहाँले सरकारी विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्नका लागि भर्ना अभियानमा देखाएको सक्रियताले राम्रो नतिजा दिएको भन्दै अब पढाइमा सुधार ल्याउन रात्रिकालीन कक्षा सञ्चालन गरिएको बताउनुभयो ।
विद्यार्थीमा पढ्ने बानीको विकास गराउन विद्यालयले रात्रिकालीन पढाई कक्षा सुरु गरेको प्रअ बरालको भनाइ छ । आगामी चैतमा हुने एसइई परीक्षाको तयारीका लागि विद्यार्थी सदरमुकामलगायत सहरमा जाने यता विद्यालयको कक्षा दश कक्षा कोठा पुरै खाली हुने भएकाले विद्यालयका सबै शिक्षकहरूको सल्लाहमा रात्रिकालीन कक्षा पनि सञ्चालन गर्ने सहमति भएको हो । बाहिर जाँदा विद्यार्थीलाई पनि निकै दुःख हुने र साथै खर्च पछि बढ्ने भएकाले विद्यालयले सुरु गरेको रात्रिकालीन कक्षा राम्रो भएको अभिभावकको भनाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts