काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानले आफ्नो १७औँ वार्षिकोत्सवको अवसर पारेर पाँचजना स्रस्टालाई सम्मानित गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानले साहित्यकारहरू घनश्याम राजकर्णिकार, प्रा.डा. भरतकुमार भट्टराई र श्रीओम श्रेष्ठ रोदनलाई ‘ज्योति साहित्य सम्मान’ एवं जलेश्वरी श्रेष्ठ र सन्ध्या पहाडीलाई ‘ज्योति स्रस्टा सम्मान’ प्रदान गरेको हो । कार्यक्रममा कवि तुलसी दिवसले यस्ता सम्मानले सर्जकहरूमा थप सिर्जनशील हुन ऊर्जा थपिने जिकिर गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्व र सुधा मिश्रको सञ्चालन रहेको कार्यक्रममा कविहरू शैलेन्द्र साकार, बुद्धिमान महर्जन, नीरा श्रेष्ठ, कुमार नेपाल, रुविना राना मगर, जुमन किरण र सुधा मिश्रले कविता वाचन गर्नुभएको थियो ।






