भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले आफनो गाउँसभाको पहिलो बैठक अरुण नदी किनारमा संचालन गरेको छ ।
१४ औँ गाउँसभा बैठक पौवादुङमा गाउँपालिकाले पालिकाको सबैभन्दा होचो क्षेत्र अरुण नदी किनारस्थित अधेरीघाटमा शुक्रवार संचालन गरेको हो ।
हिउँदे अधिवेशनको पहिलो बैठक गाउँपालिको वडा नम्वर ५ ,सानोदुम्मा अरूण नदीको किनारमा गरिएको प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । पालिकाले अन्य बैठकहरु भन्दा फरक तरिकाले गाउँसभा बैठक संचालन गरेको उहाँको भनाई रहेको छ ।
गाउँसभामा पालिकाको नीति कार्यक्रम र बजेटका बिषयमा छलफल भएको थियो । फरक तरिकाले संचालन गरिएको र बैठक ऐतिहासिक भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । राईले भन्नुभयो, “हाम्रा पुरना पुर्खाहरुले धनकुटाको हिलेबाट ढाकरमा नुन बोकेर बास बस्न आउने स्थान अधेरीघाटमा ऐतिहासिकरूपमा गाउँसभा बैठक भएको छ ।” अबका अन्य बैठकहरू क्रमशः फत्तेपुर फेदी, भेडाबारी र अरूणडाँडामा संचालन हुनेछन् ।
बैठकमा पालिका सदस्यहरू, कर्मचारीहरू, पूर्वप्रमुख प्रशासकीय अधिकृत रमेश राई लगायत सरोकारवालाको सहभागिता रहेको थियो । बैठकले ८८ लाख तीन हजार सात सय ८८ रुपैया ७२ पैसा गाउँसभा मार्फत कार्यक्रमका लागि बिनियोजन हुने निर्णय समेत गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts