पौष २७ मै रुपन्देहीका राष्ट्रसेवकलाई प्रशिक्षण : सुधार आउला सेवा प्रवाहमा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । घुस लिने र दिन्या राष्ट्रका शत्रु हुन् भन्ने पृथ्वीनारायणको दिव्य उपदेश तथा राष्ट्रिय एकता दिवसका दिन रुपन्देहीका राष्ट्रसेवकलाई सेवकीय संस्कार सम्बन्धी प्रशिक्षण दिएको छ ।

तिलोत्तमा ९ स्थित मंगलपुरमा रहेको ओशोधरा ध्यान केन्द्र, ओशो भिलेजमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रशासन मातहात रहेका कार्यालयका कार्यालय प्रमुखलाई सेवकीय संस्कार सम्बन्धी प्रशिक्षण दिईएको हो ।

एक दिवसीय कार्यक्रमलाई प्रशिक्षण दिदैँ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्मचारी नागरिकमैत्री हुनुपर्ने सुशासन कायम गराउनको लागि यो एक सेवकीय संस्कार सम्बन्धी प्रशिक्षण दिईएको बताउनु भयो।

किन अरु दिन नभएर आज पौष २७ गतेलाई नै रोज्नु भयो भन्दा  उहाँले भन्नुभयो अघि पछि सम्भव नहुने र आज सरकारले बिदा दिएकोले सदुपयोग गरेको समेत बताउनु भयो।

आज सबै कार्यलयका प्रमुख हरुको सहभागीता रहेको बताउदै प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो आज एकता दिवश हो सेवाको माध्यमबाट पनि एकता सुशासन कायम गर्न सकिन्छ भन्ने लागेको छ । सेवा दिँदा नयाँ अभ्यास र नयाँ प्रण हुन्छ गर्नु पर्ने उहाँको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले कर्मचारीले सेवाकीय संस्कारलाई आत्मसाथ गर्दै सेवाग्राहीलाई छिटो,छरितो र सम्माजनक सेवा दिन सबैलाई आग्रह गर्नु भयो । गुनासोरहित सेवामा कर्मचारी प्रतिबद्ध भयो भने सेवा संस्कार सबै राम्रो हुने उहाँको भनाई छ।

ADVERTISEMENT

ओशोधारा आचार्य तथा प्रमुख प्रशिक्षक सुभाष बरालले हरेक मानिसहरुले अहंकारलाई हटाएर शान्त र आनन्दको जिवन बिताउन आग्रह गर्नु भयो् । शान्ति आफुभित्रै भएका कारण शान्ति र आनन्द खोज्न बाहिर जान नपर्ने कुरा उल्लेख गर्नु भयोे ।

मानसिक तथा शारीरिक दबाबका कारण तनाव सिर्जना हुने बताउँदै यसको निराकरणको ओखती पनि आफुभित्रै रहेको कुरा बताउनु भयो । हरेक कामलाई ईमान्दार र प्रेमपुर्ण तरिकाले गर्नाले कर्मको प्रतिफल पनि प्रशंसायोग्य आउने आचार्य बरालले चर्चा गर्नु भयो।

यस्तै, प्रशिक्षण दिँदै सत्यार्थ गिरिप्रसाद गैरेले योग, ध्यान र प्राणमले मात्र मानव जिवनलाई सुन्दर शान्त बनाउन सकिने बताउनु भयो् । लगावपुर्ण आफनो काम गर्नुपर्ने बताउँदै समय व्यवस्थापन गरि दैनिक रुपमा शारिरीक व्यायमको आवश्यकता रहेको उल्लेख गर्नु भयोे । सु–सभ्य समाज निर्माणमा ध्यान र योगको आवश्यकता रहेको भन्दै निरन्तरता दिनु आजको आवश्यकता रहेको आयार्च गैरेले विश्वास व्यक्त गर्नुभयो ।

सो प्रशिक्षणमा सहभागिता जनाएका प्रशिक्षार्थीहरुले प्रशिक्षण कार्यक्रम अति नै जीवनपयोगी भएको बताउँदै जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद समेत दिए । करिब १५० जना भन्दा बढि राष्ट्रसेवकले प्रशिक्षण लिएको स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज