दुई पालिकाको शिविरमा अठार सय बढीको स्वास्थ्य जाँच

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरको दक्षिणमा रहेको दुई पालिकामा संचालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा अठार सय बढी नागरिकले सेवा पाउनु भएको छ । शिविरमा एक हजार आठ सय ५५ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

नोबेल मेडिकल कजेज टिचिङ हस्पिटल विराटनगरको सहयोगमा जिल्लाको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार र आमचोक गाउँपालिकाको केन्द्र बालंखामा एक एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो । हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा रहेको सगरमाथा माध्यामिक बिद्यालय परिसरमा पौष २३ गते र आमचोक गाउँपालिकाको केन्द्र बालंखामा पौष २४ गते शिविर संचालन भएको छ । शिविरमा नोबेल मेडिकल कजेज टिचिङ हस्पिटल बिराटनगरबाट आएको २३ जनाको बिशेषज्ञ टोलीले ती क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

हतुवागढी गाउँपालिकामा संचालित शिबिरमा सात सय ९३ जनाले स्वास्थ्य परिक्षण गराएको शिविरका संयोजक जनक घलेले बताउनुभयो । उहाँका अनुसार शिविरमा चार सय २८ जना पुरुष र तीन सय ६६ जना महिलाले स्वास्थ्य परीक्षण सहितको सेवा लिनु भएको छ । यस्तै आमचोक गाउँपालिकामा भएको शिविरमा एक हजार ६२ जना नागरिकले सेवा लिनु भएको संयोजक सन्तोष कोइरालाले जानकारी दिनु भयो । शिविरमा छ सय ७० जना महिला र तीन सय ९२ जना पुरुषले बिशेषज्ञ सेवा लिनु भएको छ भने ९६ जनालाई थप उपचारका लागि नोबेल मेडिकल कजेज टिचिङ हस्पिटल रिफर गरिएको छ ।

ADVERTISEMENT

प्रदेश सांसद बिनोद बान्तवाको पहल र संघीय सांसद तथा नोबेल मेडिकल कजेज टिचिङ हस्पिटलका संचालक डा. सुनिल शर्माको सहयोगमा दुई पालिकामा शिविर संचालन भएको छ । शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसुती तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नसा रोग लगायतका बिभिन्न १३ वटा रोगहरुको सेवा दिएको थियो ।

बिशेषज्ञ स्वास्थ्यकर्मीबाट सेवा दिइएकाले शिविरबाट नागरिकहरुलाई समेत राहत मिलेको स्थानीयको भनाई रहेको छ । सवै भन्दा बढी शिविरबाट बृद्धबृद्धाहरुलाई राहत मिलेको जिल्लावासी बिपीन निरौलाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज