भोजपुर । भोजपुर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी थालिएको छ । जिल्ला भित्र रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुको सहभागितामा प्रतियोगिता संचालन हुने छ ।
भोजपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमबहादुर प्रधानले आगामी माघ १२ गते देखि १४ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलहरु संचालन गरिने बताउनुभयो । प्रतियोगितामा सहभागिहरुका लागि बिद्यालयहरुलाई तयारी थाल्न पनि जानकारी गराईएको प्रधानले बताउनुभयो ।
प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिवल, कवड्डी, एथेलेटिक्स तर्फ दौड, मार्सल आर्ट, उसु लगायतका खेलहरु संचालन हुने शिक्षा शाखा प्रमुख प्रधानले जानकारी दिनुभयो । भोजपुर नगरपालिका वडा नम्वर ७, कोदारमा निर्माण भएको अन्तराष्ट्रिय स्तरको रंगशालामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलहरु संचालन हुने भोजपुर नगरपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच