घटना भएको तीस वर्षपछि ज्यान कसुरका पाँच प्रतिवादी पक्राउ

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । २०५० सालमा भएको कर्तब्य ज्यान सम्वन्धी कसुर मुद्धाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले ३० बर्षपछि पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।

कर्तब्य ज्यान सम्वन्धी कसुर मुद्धाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले बिभिन्न ठाउँहरुबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदिपराज पाठकले बताउनुभयो ।

प्रहरी प्रमुख डिएसपी पाठकले घटना भएको लामो अवधीसम्म पनि फरार रहेका अभियुक्तहरुलाई बिभिन्न स्थानहरुबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन भोजपुर प्रहरी सफल भएको बताउनुभयो । ललितपुर, उदयपुर, सुनसरी लगायतका जिल्लाबाट घटनामा संलग्न फरार प्रतिवादीहरुहरुलाई पौष २२ गते पक्राउ गरिएको डिएसपी पाठकले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा हालको भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ५ का ५० बर्षिय कृपाराज राई, सोही ठाउँका ४६ बर्षिय नगेन्द्र कुमार राई, ५५ बर्षका बिदुर कुमार राई, ५४ बर्षका भिमराज राई र ४२ बर्षका थिरकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खटिएको प्रहरी टोलीले कृपालाई ललितपुर, नगेन्द्र धरान, बिदुर उदयपुरको बेलका, भिममराज उदयपुर र थिरकुमारलाई ललितपुरबाट पक्राउ गरेको हो । घटनामा संलग्न भएर फरार रहेका भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ५ खावाका ४६ बर्षिय पूर्णहाङ राईलाई गत पौष १४ गते नै प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो भने हत्याका मुख्य प्रतिवादी शुक्रदेव राईको फरार रहेको अवस्थामा मृत्यु भई सकेको जानकारी आएकोले प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

ADVERTISEMENT

प्रहरीका अनुसार २०५० साल मंसिर ३ गते शुक्रदेव सहितको संलग्नतामा साविक कोट गाउँ बिकास समितिका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको थियो । २०६१ साल भाद्र २८ गते जिल्ला अदालत भोजपुरले शुक्रदेवलाई २० बर्ष र घटनामा संलग्न अन्य सहयोगीहरुलाई तीन बर्ष कैदको सजाय सुनाएको थियो ।

०५० कार्तिक २७ गते लक्ष्मी पुजाको दिन देउसी खेल्नेक्रममा प्रतिवादीहरु शुक्रदेव, पूर्णहाङ लगायत गरी २६ जनाले मृतकका दाजु जाहेरवाला बागधन राईसँग बादबिवाद गर्दे राजधनलाई समेत कुटपिट गरेको घटनाका बिषयमा मंसिर तीन गते छलफल गरी मिलाउनेक्रममा पुनबादबिवाद भई राजधनलाई कुटपिट गर्नेक्रममा शुक्रदेव राईले खुकुरी प्रहार गरी हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज