काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको दुई उम्मेदवारहरूको टुंगो लगाएको छ ।
एकीकृत समाजवादीले बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको हो ।
पार्टीले दुई जना उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधव नेपालसहित उपाध्यक्ष पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो।
राष्ट्रिय सभामा रिक्त हुन लागेका २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । भने एक जना मनोनित हुनेछन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ ।सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता