काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडमा सहमति गर्न गठबन्धन दलको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार रातिसम्म बसेको बैठक विना निष्ष्कर्ष सकिएको थियो ।
सत्ता गठबन्धनमा सिट संख्या भन्दा दलको दाबी धेरै भएपछि कुरा नमिलेको हो। शनिबारकोसकारात्मक भए पनि अन्तिम टुंगोमा पुग्न नसकेको बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक
कांग्रेसले ११ सिटमा आफ्नो दाबी कायमै राखेको छ। माओवादी ६, जसपा र एकीकृत समाजवादीले तीन–तीन सिट दाबी गरेका छन्। नागरिक उन्मुक्ति, जनमत र राष्ट्रिय जनमोर्चालाई १–१ सिट दिन गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस तयार देखिएको छैन। १९ सिटका लागि हुन लागेको निर्वाचनमा दाबी भने २६ पुगेको छ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यही पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको छ।
राष्ट्रियसभामा आगामी फागुन २१ गतेबाट अध्यक्षसहित २० सांसदको कार्यकाल सकिँदै छ। जसमा एकजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् भने १९ जना मतदानबाट निर्वाचित हुने छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts