तोकियो एम्बुलेन्सको नयाँ भाडादर

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेको एम्बुलेन्सको नयाँ भाडादर कायम गरिएको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाको सडक पुगेका वस्तिहरु सम्मका लागि एकरुपता ल्याउन किलो मिटरका आधारमा एम्बुलेन्सको भाडादर कायम गरिएको हो । उक्त वस्तिहरुमा भएका विरामी ल्याउनका लागि एम्बुलेन्सको भाडा कायम गरिएको हो । एम्बुलेन्स सञ्चालक समितिले प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले भाडादर तय गरेको हो ।

स्वास्थ्य सेवा कार्यालय अन्तर्गत रहेको जिल्ला अस्पतालबाट तीनवटा गाउँपालिकाका विभिन्न वस्ति र सदरमुकाम भित्र प्रतिकिमिका आधारमा भाडादर तय भएको हो । सदरमुकामदेखि जिल्लाको उत्तरी नाम्खा गाउँपालिका-६ को लिमीको बस्तीबाट विरामी ल्याउन रु ३२ हजार सबैभन्दा बढी भाडा लाग्ने भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो । सदरमुकाम बजार भित्रबाट जिल्ला अस्पतालमा विरामी पुर्याउँदा रु एक हजार एम्बुलेन्सको भाडा लाग्ने भएको छ ।

यस्तै सदरमुकामदेखि बुराउँसे रु १५ सय, ठेहे तीन हजार, बरगाउँ रु २५ सय, दोजाम रु ५५ सय, डाडाफया रु २३ सय, हेप्का रु तीन हजार, खार्पुनाथ रु ३६ सय, याल्वाङ रु नौ हजार, याङ्गार रु ९ हजार ८ सय, मुचु रु दश हजार पाँच सय, लिमाटाङ रु २५ सय, लिमी ३२ हजार भाडादर कायम गरिएको छ । त्यस्तै खगालगाउँ रु चार हजार पाँच सय, हिल्सा रु तीस हजार, तुम्कोट रु एघार हजार, यारी रु १३ हजार पाँच सय, चौगनफया रु पाँच हजार पाँच सय, धारापोरी रु पाँच हजार पाँच सय, केर्मी रु ६ हजार ८ सय, लाग्ना रु १५ सय, तोर्पा रु तीन हजार एम्बुलेन्सको भाडा रहेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरीता बोहराले बताउनुभयो ।

ADVERTISEMENT

गन्तव्य स्थान सम्मको भाडा असुल गर्दा अनिवार्य रुपमा विल दिनुपर्ने र तोकिए भन्दा बढी भाडा लिन नपाइने भएको सिनियर अनमी बोहराले बताउनुभयो । भारतीय दूतावासद्वारा गत वर्ष जिल्ला अस्पताल हुमलालाई उपहारस्वरुप सहयोगप्राप्त भएको एम्बुलेन्स हो ।

लामो समयदेखि काठमाडाैं सवारी साधन चलाउँदै आएका अनुभवी सिमकोट गाउँपालिका-२ ठेहे गाउँका गणेश रावललाई जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले एम्बुलेन्स चालकमा केही दिन अघि मात्रै नियुक्ति गरेको थियो । विरामीको सेवाका लागि आफु जतिखेर पनि हाजिर हुने एम्बुलेन्स चालक रावलको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज