सर्लाही– सर्लाहीको ईश्वरपुरमा शुक्रबारदेखि निःशुल्क आँखा शिविर सुरु भएको छ । ईश्वरपुर नगरपालिकासँग समन्वय गरी भरतपुर आँखा अस्पतालले आँखा उपचार केन्द्र, रेडक्रस, आरोग्य संगठनलगायतका संघसंस्थासँग सहयोग लिएर आँखाको शिविर सञ्चालन गरेको हो ।
शिविरमा आँखाको जाँच तथा मोतिया विन्दु निशुल्क अप्रेसन गरिनेछ । पहिलो दिन शुक्रबार आँखा उपचार केन्द्रमा २५५ जनाको आँखा जाँच गराउँदा ८५ जना र हरिपुरको ग्रामीण नारी उत्थान संघ तथा शिवशक्ति सहकारीमा संचालित शिविरमा ३१० जनाको आँखा जाँच गर्दा ११० जनामा मोतिया विन्दु फेला परेको छ ।

शनिबार हरिपूर्वा नगरपालिका ५ स्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयमा शिविर सञ्चालन हुने छ । शिविरमा फेला परेका मोतिया विन्दुका बिरामीको अप्रेसन नगर अस्पताल ईश्वरपुर बयलवासमा पुस २१, २२, २३ र २४ गते गते गरिने ईश्वरपुर आँखा उपचार केन्द्रका उपाध्यक्ष प्रकाश मैनालीले बताउनुभयो ।

उहाँका अनुसार हरिपुरको शिविरको आज मेयर गोपाल पन्जियारको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो भने पर्सी मात्रै ईश्वरपुरको शिविरको औपचारिक उद्घाटन हुने छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा