अरुण गाउँपालिकाद्वारा आफ्नै भवनबाट सेवा प्रवाह सुरु
Read Time = 3 mins
भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकाले आफ्नै नयाँ ट्रष्ट भवनबाट सेवा सुरु गरेको छ । भाडाको घरबाट सेवा सञ्चालन गर्दै आइरहेको गाउँपालिकाले बिहीबारदेखि आफ्नै भवनबाट सेवा दिन सुरु गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खतिवडाका अनुसारप्राथमिक स्वास्थ्य केन्द्र प्याउलीसँगैको जग्गामा एक करोड ९९ हजार आठ सय ४३ बराबरको लागतमा ट्रष्ट भवन निर्माण भएको हो । मिडहिल कन्स्ट्रक्सन प्रालिले निर्माण कार्य समपन्न गरेको थियो । भाडामा घरबाट सेवा संचालनमा समस्या देखिएपछि पालिकाले ट्रष्ट भवन निर्माणको कार्य सुरु गरेको अधिकृत खतिवडाले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले दुखकासाथ भाडाको घरबाट अहिलेसम्म सेवा सञ्चालन गर्दै आई रहेको बताउँदै अब पालिकाले आफ्नै प्रशासनीक ट्रष्ट भवनबाट सेवा प्रवाह गर्ने बताउनुभयो ।
अध्यक्ष खत्रीले भन्नुभयो, ‘आफ्नो भवन अभावमा विभिन्न समस्या खेप्दै आएको पालिकाले अव सेवा प्रवाहलाई थप सहजरुपमा सञ्चालन गर्छ ।’ पालिकाको पक्की भवन निर्माणका विषयमा पनि आफूहरू लागिपरेको अध्यक्ष खत्रीको भनाई रहेको छ ।
नवनिर्मित भवनबाट तत्कालका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्रशासन, योजना, प्राविधिक लगायत शाखाहरूले सेवा प्रवाह गर्नेछन् । गाउँपालिकाका अध्यक्ष खत्री, पूर्व संविधानसभा सदस्य लोकमणी ढकाल र उपाध्यक्ष विनिता ढकालले नवनिर्मित प्रशासनिक ट्रस भवनको बिहिवार उद्घाटन गरेसँगै सेवा प्रभाव सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements