रुपन्देही । स्वास्थ्य बीमाको पहुँच बढाउदै लैजानुपर्नेमा जोड दिइएको छ । बुधवार बुटवलमा बीमा वोर्डले गरेको कार्यक्रममा सहभागिहरुले स्वास्थ्य बीमा कार्यक्रममले गरिब तथा विपन्न परिवारलाई ठूलो राहत मिलेको भन्दै बीमाको पहुँच अझ बढाउदै लैजानुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा बाेल्दै प्रदेशका स्वाथ्यमन्त्री राजु खनालले बीमाका कारण अस्पतालमा सेवाग्राही बढेपनि सेवा लिन धेरै समय लाइन उभिनुपर्ने, निशुल्क औषधी आर्थिक स्रोतको अभावले प्रयाप्त मात्रमा दिन सकिने अवस्था नरहेको बताउनुभयाे । अस्पतालको पुरानो संरचना, पुरानो दरवन्दीले पनि सेवालाई प्रभावकारी बनाउन चुनौती रहेको मन्त्री खनालको भनाई छ ।
स्वास्थ्य बीमा लागु गरेका प्रदेशका विभिन्न अस्पतालले समयमै रकम पाउन नसकेको भन्दै सेवा अझ बढी प्रभावकारी बनाउन समयमै भुक्तानी गर्नुपर्ने बताउनु भयो । स्वास्थ्य बीमा वोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनीले बीमाको कभरेज बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अस्पतालहरुले बिरामीको रिफर गर्दा रिफर गर्ने अस्पतालमा बिरामीका लागि सेवा छ की छैन भन्ने बुझेर मात्र गर्न पनि सुझाव दिनुभयो । प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले विमालाई सफल बनाउन प्रदेश सरकार लागि परेको बताउनु भयो । उहाँले औषधी खरिदमा सरकारले विशेष ख्याल गर्नु पर्ने बताउनु भयो ।

बीमा वोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले सबै प्रदेशमा वोर्डले समिक्षा गर्ने र समिक्षा पछि आएका निचोडका आधारमा अगाडी बढ्ने बताउनु भयो । कार्यक्रममा लुम्विनी प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर सुर्दशन थापाले अस्पतालमा बीमा कार्यक्रम लागुपछि सेवाग्राही ह्वात्तै बढेपछि ओपिडि, ल्याव तथा फार्मेसीमा ब्यवस्थापनमा चुनौती थपिएको बताउनु भयो ।
बीमा बोर्डले लुम्विनी प्रदेशमा बीमा कार्यक्रमको अवस्थाका बारेमा बुधवार गरेको कार्यक्रममा प्रदेश सरकारका अतिरिक्त स्थानिय तहका सरकार प्रमुखहरुलाई पनि खबर गरेको थियो । तर प्रदेशका १०९ पालिका मध्ये एउटा पनि पालिकाका प्रमुख तथा उपप्रमुख सहभागि भएनन् ।
कार्यक्रममा प्रदेशका स्वास्थ्य बीमाको अवस्थाको बारेमा स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनकबहादुर साउदले प्रस्तुती गर्दै लुम्बिनी प्रदेशमा रहेको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६सय ७३ जना बिमीत भएको बताउनु भयो ।
बिमितहरू मध्ये ५ लाख २४ हजार ३ सय ८ पुरुष, ५ लाख ६७ हजार ३ सय १३ महिला, लैंगिक अल्पसंख्यक समुदायका १ सय १८ जना समावेश भएको साउदले वताउनु भयो । उहाँले २१दशमलब ३३ प्रतिशतमात्र लुम्बिनीमा बिमीत भएकाे बताउनु भयो । समिक्षा कार्यक्रम तिन दिन सम्म चल्ने छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements