अर्घाखाँची । मालारानी गाउँपालिका वडा न. ९ का वडाअध्यक्ष महेन्द्रबाबु खनालले आफ्ना वडाबासीको विद्युत महसुल आफैंले तिर्दै आइरहेका छन् ।
वडामा रहेका ७ सय २० घरधुरीसंगै अन्य १० वटा सामाजिक संघ संस्थाहरुको वार्षिक ३ लाख १ हजार बराबरको विद्युत महसुल आफुले राज्यबाट पाउँने सेवा सुविधाबाट तिर्दै आएको वडाअध्यक्ष खनालले बताए ।
यस्तै वडा भित्र रहेका बढी विद्युत खपत गर्ने ५ प्रतिशतले मात्र विद्युत महसुल बुझाउँने गरेका छन् ।
चुनावी नारामा पनि आफुले राज्यबाट पाउँने सेवा सुविधा बापतको रकम जनताको सेवामा लगाउने प्रतिबद्धता गरेबमोजिम जनताको बिद्युत महसुल तिरिदिएको अध्यक्ष खनालको भनाई रहेको छ ।
खनालले आफ्नो कार्यकालमा वडामा अन्य विकास निर्माणका कार्यलाई तिव्रगतिमा अगाडी बढाएको दाबी गर्नुभयो । शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाई छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts