धादिङ । जिल्ला कारागार धादिङमा थुनामा रहेका एक वृद्धाको मृत्यु भएको छ । विभिन्न अपराधिक गतिविधिमा संम्लग्न भै पक्राउ परि पुष ८ गतेदेखि थुनामा रहेका गल्छी गाउँपालिका वडा नं ७ का ७२ वर्षिय कृष्ण बहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
मिश्रकाअनुसार अचानक झाडावान्ता भई विरामी परेका सुनारको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अकस्मात विरामी परेका सुनारलाई अस्पताल पुर्याएको केहिबेरमा नै चिकित्सकले मृत घोषणा गरेको मिश्रले बताउनुभयो ।
मृत्यु भए लगत्तै सुनारको आफन्तलाई खबर गरि धादिङ अस्पतालको शव गृहमा शव राखिएको उहाँले बताउनुभयो । सुनार जवरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच