स्वार्थ समूहका कारण शिक्षा ऎन रोकिएको छ : लुम्बिनी प्रदेश प्रमुख शेरचन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले स्वार्थ समूहका कारण तत्काल शिक्षा ऎन आउन नसकेको बताउनु भएकाे छ ।

राजनीतिमा आएर चुनावसमेत जितेका स्वार्थ प्रवृतिका केही मानिसका कारण शिक्षा नीति आउन नसकेको प्रदेश प्रमुख शेरचनको भनाइ छ।

नेपालमा पञ्चायत कालदेखि शिक्षा र स्वास्थ्यको क्षेत्रमा नीजि लगानी सुरु भएको बताउँदै उहाँले भन्नुभयाे -"अहिले खुल्ला अर्थ नीति भन्दै हिड्ने र स्वार्थ राख्ने समुहले राज्यका नीतिमा हस्तक्षेप बढाएको छ । नागरिकको नैसर्गिक अधिकारको रुपमा शिक्षा र स्वास्थलाई लिएर राज्यले निशुल्क प्रदान गर्नु पर्छ ।"

विद्यालयमा विद्यार्थीहरुको संख्या घट्नुको कारण शिक्षा प्रणालीमा केहि कमजोरी रहेको बताउँदै उहाँले अहिले नेपालमा चलिरहेको शिक्षा भारतको उपनिवेशमा लादिएको शिक्षा रहेको बताउनु भयाे । नेपालमा ब्यवसायीक र बैज्ञानिक शिक्षा हुनु पर्ने बताउँदै उहाँले व्यवसायीक शिक्षा नीति नहुँदा शैक्षिक बोरेजगार बढेको उहाँको भनाइ छ ।

पश्चिम नवलपरासी बर्दघाट ९ मा रहेको राजा महात्मा पुर्ण भद्र माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उहाँले जनताले चाहेको र राज्यले खोजेको शिक्षा नीति जसरी पनि घोषणा गर्नु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो ।

ADVERTISEMENT

पुर्व स्वास्थ्य मन्त्री हृदयेश त्रीपाठीले देशको शिक्षा प्रति विश्वास घटिरहेको बताउँदै शिक्षा नीतिको समिक्षा गर्नु पर्ने बताउनु भयो । देशको शिक्षा नीति र स्वास्थ्य नीतिमा पुनर्बिचार गर्नु पर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य सरिता भुसालले अहिलेको शिक्षा नितिले उत्पादन गरेका विद्यार्थी कस्ता छन कहाँ छन् भन्ने भन्ने कुरा गम्भीर भएर सोच्न पर्ने बताउनु भयो । अहिलेको शिक्षा नितिका बिषयमा सदनमा शिक्षा बिधेयक पेस भएको, शिक्षा बिधेयक कस्तो बनाउने भन्ने बिषयमा गम्भीर भएर बुझ्नु पर्ने बताउनु भयो ।

नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, नेपाली काङ्ग्रेसका जिला सचिब कुलदिप आचार्य,  संविधान सभा सदस्य सीता बौडेल, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, बर्दघाट नगरका पुर्व प्रमुख घिरज शर्मा बस्याल, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, संघ संस्थाको तर्फबाट इन्देणी सामाजिक बिकास मञ्चका कार्यकारी बद्री प्रसाद सुबेदी, नेपाल शिक्षक महासङ्ग बर्दघाटका अध्यक्ष सभ्यता प्रसाइ, वडा अध्यक्षहरुको तर्फबाट वडा नम्बर ८ का वडा अध्यक्ष कविराज आचार्यलगायतले बोल्दै शैक्षिकस्तर उकास्न लाग्नु पर्ने बताउनु भयो ।

स्वर्ण महोत्सव मूल आयोजना समिति संयोजक बिक्रम खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईं, कार्यक्रम संचालन प्रध्यानाध्यापक पुष्पराज अधिकारीले गर्नु भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?