नेपाल विद्यार्थी संघद्वारा रारा क्षेत्रको सरसफाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

-नृपेन्द्रबहादुर मल्ल

मुगु । नेपालकै पर्यटन विकासको प्रवल संभावना बोकेको कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुमा अवस्थित रारा ताल र आसपासका क्षेत्रमा शनिवार देखि सरसफाई अभियान थालिएको छ ।

शुक्रवार मात्र हिमालय टाइम्समा पर्यटक बढेसङ्गै रारामा फोहोरको समस्या बल्झिदै, छैन समाधानको पहल भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछी नेपाल विद्यार्थी संघ मुगुको ध्यान आकर्शित भै सरोकारवाला निकायलाई सकारात्मक दवाव होस भनेर 'क्लिन रारा, ग्रिन रारा, नेचुरल रारा' भन्ने नारा दिएर रारा क्षेत्र सरसफाई शुरु गरिएको हो ।

प्रायः जसो मानिसहरूको भिडभाड हुने र राराको पायक पर्ने स्थान मिलि चौर देखि निजार खोला सम्मका विभिन्न भागमा जमेको फोहोर संकलन गर्ने र हरेक महिनाको एक पटक रारा सरसफाई गर्ने नेपाल विद्यार्थी संघको कार्ययोजना रहेको कार्यवाहक अध्यक्ष बालचन्द्र कार्कीले बताउनु भयो ।

पछिल्ला केही बर्षयता मुगु सडक सन्जालमा जोडिए सँगै राराताल घुम्ने पर्यटकहरूको संख्यामा पनि बृद्धि भएको छ, तर आएका पर्यटकहरूले बोकेर ल्याएका बियरका बोतल, फेन्टा, कोकलगायतका पेय प्रदार्थहरू बिस्कुट, चाउचाउ, चक्लेट, फ्रुटि र प्लाष्टिकहरू जतापायो उतै फ्याक्ने गर्नाले स्वस्थ, हराभरा र शुन्दर रारामा केही फोहोर देखिदै आएको थियो ।

ADVERTISEMENT

रारा राष्टिय निकुन्ज सुरक्षार्थ खटिएका नेपाली,सेना, निकुन्जका कर्मचारी मध्यवर्ती क्षेत्र विकास समितिका कर्मचारीले पनि हरेक महिना ताल वरीपरिका स्थानहरूमा जमेको फोहोर संकलन गरि त्यसको उचित ब्यवस्थापन गर्दै आएको रारा राष्टिय निकुञ्ज कार्यालय मुगुका प्रमुख राजु घिमिरेले बताउनु भयो ।

फोहोर ब्यवस्थापन गर्नको लागि रारातालका विभिन्न ठाउँहरूमा खाडलको ब्यवस्था गरिएको भएपनि खाडल भित्रको ,फोहोर हावा, हुरी र चराचुरिङ्गीले बाहिर निकाली छरी दिने गर्नाले खाल्डोमा जम्मा भएको फोहोर बाहिर निस्किएर फोहोर देखिएको प्रमुख घिमिरेले बताउनु भयो ।

नेपालको समग्र पर्यटन विकासमा राराताल एउटा महत्वपुर्ण गन्तव्य बन्न सक्ने सम्भावना भएकाले यसलाई जस्ताको तस्तै प्राकृतिक स्वरूमा राख्नका लागि सम्बन्धित निकायको ध्यान जान जरूरी देखिन्छ ।

रारा सरसफाई अभियानमा नेपाल विद्यार्थी संघका केन्दिय सदस्य शिवराज डाँगर, दिपक रावल, वास नेपालका अध्यक्ष कुमार शाही, रारा क्याम्पस मुगुका स्ववियु सभापति राज तामाङ र विद्यार्थी नेता गेहेन्द्र शमशेर मल्ललगायतका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *