काठमाडौं । काठमाडौंको ठमेलमा अंग्रेजी नयाँ वर्षका अवसरमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ आयोजना हुने भएको छ । आइतबार साँझ अर्थात् डिसेम्बर ३१ मा विविध कार्यक्रम गरी सडक महोत्सव गरिने ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।
उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्नुहुने महोत्सव एक लाख ८० हजार बढी स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्ने परिषद्का अध्यक्ष भविश्वर शर्माले बताउनुभएको छ ।
महोत्सव आइतबार साँझ साढे पाँचदेखि सुरू भएर साढे १२ बजे समापन हुने र महोत्सवमा व्यवसायीले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धन गर्न पनि पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा धिमे बाजा, लाखे नाच तथा अन्य मौलिक सांस्कृतिक कार्यक्रम हुनेछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts