ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाल सुपर लिग फुटबलको उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।

शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।

खेलको ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए थिए ।

खेलमा सुरुवाती अग्रता धनगढीले लिएपनि पहिलो हाफमै ललितपुरले खेल बराबरीमा ल्याएको थियो । दोस्रो हाफमा ललितपुरले दुई गोल थप्दै खेल ३–१ गोलले अगाडि बढाएको थियो ।

ADVERTISEMENT

ललितपुरका इमो इजक्वेलले दुई र दिनेश हेन्जनले एक गोल गरेका थिए । खेलको ५०औं मिनेटमा ललितपुरका दिनेश हेन्जनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ५९औं मिनेटमा ललितपुरका इमोहले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाएका थिए ।

धनगढीले दोस्रो हाफको इन्जुरी समयमा १ गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन । गत सिजनमा पनि उपविजेतामा सीमित बनेको धनगढी यो सिजनमा पनि निरास बन्न पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज