अर्जै माविलाई फोर्टिन स्टार कपको उपाधि

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । चौंथो फोर्टिन स्टार कप– २०८० को उपाधि मालिका गाउँपालिका वडा नम्बर–६ को अर्जै माध्यमिक विद्यालयले उचालेको छ ।

लगातार तीन पटकसम्म फोर्टिन स्टारको उपाधि उचालेको तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयलाई पेनाल्टी सुटआउटमा हराउँदै चौंथो फोर्टिन स्टारको उपाधि अर्जै माध्यमिक विद्यालयले जितेको हो ।

फोर्टिन स्टार युवा क्लबले १३ औं वार्षिकोत्सवको अवसरमा पुस ७ गतेदेखि पुस गते बिहिबारसम्म चिदिचौर खेल मैदानमा सञ्चालित जिल्लास्तरीय माध्यमिक विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनल खेलको निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेपछि पेनाल्टी सुट आउटमा परिणत भएको क्लबका महासचिव नारायण आचार्यले जानकारी दिनुभयो ।

तेस्रो फोर्टिन स्टार कपमा पनि फाइनल खेल यी दुई विद्यालयबीच भएकाे थियो ।

उपाधिसँगै विजेता भएको अर्जै माध्यमिक विद्यालयले ३५ हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उपविजेता भएको महेन्द्र माध्यमिक विद्यालयले २५ हजार रुपियाँ नगदसहित, ट्रफी, मेडल र प्रमाण–पत्र पदान गरिको उहाँले जानकारी दिनुभयो ।

ADVERTISEMENT

रेसुङ्गा नगरपालिकाका माध्यमिक विद्यालयसहित इस्मा गाउँपालिकाको पालुखा माध्यमिक विद्यालय, मालिका गाउँपालिकाको मालिका माध्यमिक विद्यालय सिमलटारी, देविस्थान माध्यमिक विद्यालय घमिर र अर्जै माध्यमिक विद्यालय, मदाने गाउँपालिकाको पृथ्वी माध्यमिक विद्यालयको पनि सहभागीता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा म्यान अफ दी म्याच अर्जै माध्यमिक विद्यालयका अर्जन विक बन्नुभयो । म्यान अफ दी टुर्नामेंट महेन्द्र माध्यमिक विद्यालयका सुरज खत्री, वेस्ट डिफेन्डर महेन्द्र माध्यमिक विद्यालयका गणेश ढेंगा मगर, इमरजिङ प्लेयर महेन्द्र माध्यमिक विद्यालयका उमेश श्रीस बन्नुभएको क्लबका खेल संयोजक अर्जुन मरासिनीले जानकारी दिनुभयो ।

त्यस्तै, वेस्ट मिडफिल्डर अर्जुन आवासीय माध्यमिक विद्यालयका युवराज घर्ती मगर, वेस्ट गोल महेन्द्र माध्यमिक विद्यालयका गोपाल विक, टप स्कोरर आदर्श विद्या आश्रमका सुशील परियार, वेस्ट प्लेयर फेयर प्ले लब बोहोरा र कुश बोहोरा, वेस्ट गोलकिपर अर्जुन विक बन्नुभयो । वेस्ट टिम फेयर प्ले आदर्श विद्या आश्रम र वेस्ट कोच अर्जै माध्यमिक विद्यालयका सुशील परियार बन्नुभएको खेल संयोजक मरासिनीले बताउनुभयो ।

त्यसअवसरमा पुरस्कार वितरण गर्नुहुँदै रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले यस्ता प्रतियोगिताले गाउँका वास्तविक खेलाडीको पहिचान हुने बताउनुभयो । खेलकुदको विकासका लागि नगरपालिका सधै तत्पर रहेको भन्दै मानव जीवनका लागि खेलको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । चौंथो फोर्टिन स्टार कपको मुख्य प्रायोजक रेसुङ्गा नगरपालिका रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज