सरस्वती मावि काठेकोलको ४३ औं वार्षिकोत्सव समारोह सम्पन्न

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 5 mins

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं ५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोलले आज शुक्रवार एक कार्यक्रम गरी आफ्नो ४३ औं वार्षिकोत्सव मनाएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्व एवं घोराही उपमहानगरपालिका शिक्षा समितिका संयोजक एंव नगर प्रवक्ता राममणि पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले घोराही उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको बिकास गर्दै शिक्षाको गुणस्तर बृद्धिका लागि काम भइरहेकोे बताउनुभयो । शैक्षिक गुणस्तरका लागि माघ भित्रमा नगरपालिकाले नै ब्यवस्था गरेर सामुदायिक विद्यालयमा अपुग शिक्षक पढाउने, शिक्षासँगै स्वास्थ्य, नृत्य लगाएका बिषयमा समेत पढाउने गरी शिक्षकको ब्यवस्था गर्न लागेको पाण्डेयले बताउनुभयो ।

सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि एकअर्कालाई दोषारोपण गरेर कोहिपनि उम्कने अवस्था छैन भन्दै उहाले सवैले आ आफ्नो ठाउँमा जिम्वेवारीबोधका साथ काम गरेर गुणस्तरीय शिक्षाको बिकास लागि लाग्नुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा काम गर्ने निकाय र ब्यक्तिले जिम्वेवारीका साथ काम गर्न नसक्दा अहिले समग्र शिक्षा क्षेत्र नै आलोचित बनिरहेको बताउनुभयो । शिक्षा क्षेत्र समाजको बिकासको प्रमुख आधार भएको भन्दै नगर प्रवक्ता पाण्डेयले शिक्षक, ब्यवस्थापन समिति, अभिभावक र विद्यार्थी मिलेर अघी बढ्ने हो भने गुणस्तर कायम हुने विश्वास ब्यक्त गर्नुभयो ।

ADVERTISEMENT

कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहागरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले नमुना विद्यालयका रुपमा अघी बढेको सरस्वती माविको समग्र बिकास लागि आफूले पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा बोल्ने बक्ताहरुले अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट शिक्षाको गुणस्तर बृद्धि गर्न सकिनेमा जोड दिएका छन । घोराही बजारको केन्द्र बिन्दुमा रहेको सरस्वती माध्यमिक विद्यालयको चौतर्फी बिकास लागि सवै एक भएर लाग्नु पर्नेमा जोड थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दिपककुमार श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा अक्षयकोषदातका तर्फबाट हरि सुवेदी जरा, पत्रकार निशानदाजु भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष दिपबहादुर खत्री, शिक्षक अभिभाक संघका निर्वतमान अध्यक्ष शिशिर अधिकारी, सरस्वती टोल बिकास संस्था पूर्व अध्यक्ष लालबहादुर रावत लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सवैलाई विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण प्लस टू संयोजक हेमराज शर्माले गर्नु भएको थियो ।

कार्यक्रममा गत शैक्षिक सत्रमा बिभिन्न कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । वार्षिकोत्सव समारोहका अवसरमा भएका बिभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि पुरस्कार बितरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयमा बिभिन्न चन्दादाताहरुले स्थापना गर्नु भएको अक्षयकोषबाट बिभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार समेत बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?