काठमाडौं । हिमालयन डिष्टिलरीले ओक सिरिजलाई विस्तारितरूपमा बजारमा परिचित गराउने क्रममा सिल्भर ओक नामक हृवाइट स्पिरिटको नयाँ ब्राण्ड मदिरा ल्याएको छ । नयाँ उत्पादनले नवीनता र ग्राहक सन्तुष्टिप्रतिको कम्पनीको प्रतिबद्धता झल्काउने कम्पनीको दाबी छ ।
कम्पनीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित ब्राण्ड यसअघि नै नेपाली बजारमा ल्याइसकेको छ । कम्पनीका अनुसार प्रत्येक ओक ब्राण्डले उपभोक्ताको फरक स्वादप्रतिको रुचि प्रतिनिधित्व गर्छन्, जुन उपभोक्तामाझ लोकप्रिय रहेका छन् ।
नयाँ उत्पादन सिल्भर ओकले उपभोक्तामाझ फरक स्वाद र अनुभव प्रदान गर्नेछन् । हिमालयन डिष्टिलरीका सिइओ निरज सुवेदीले भन्नुभयो, ‘एचडिएलले उपभोक्ता केन्द्रित इनोभेसनमा मजबुतीका साथ कार्य गर्ने गरेका कारण हामी बजारको गतिशीलता बुझ्न निरन्तर अनुसन्धानमा संलग्न छौँ ।
सिल्भर ओकले उपभोक्तालाई अलग्गै वर्गको छुट्टै स्वाद प्रदान गर्नुका साथै बजारमा हाम्रो उपस्थितिलाई उल्लेखनीयरूपमा बढोत्तरी हुनेतर्फ हामी आश्वस्त रहेका छौँ ।’ हाल सिल्भर ओक सात सय ५०, तीन सय ७५ र एक सय ८० एमएलका बोतलमा उपलब्ध रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता