सर्लाही जिल्ला प्रशासन कार्यालय अगाडि मिटरब्याज पीडितको प्रदर्शन

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । मिटरब्याज पीडित संघर्ष समितिको अगुवाईमा आज सर्लाही सदरमुकाम मलंगवामा प्रदर्शन भएको छ ।

महिला समेतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन भएको हो । सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि संघर्ष समितिकी सदस्य फतमा खातुनलाई प्रहरीले आज दिउँसो जिल्ला प्रशासन कार्यालयबाटै पक्राउ गरेपछि आक्रोशित भएका महिलालगायतले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका हुन् । मिटरब्याज आरोपी (साहु) माथि हातपात गरेको र महिला प्रहरी कर्मचारीमाथि समेत दुव्र्यवहार गरेको आरोपमा लालबन्दी नगरपालिका २ नवलपुर निवासी खातुनलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।

त्यस लगत्तै संघर्ष समितिका सदस्यहरु जिल्ला प्रशासन कार्यालय अगाडि भेला परेर प्रदर्शनमै उत्रिएका हुन् ।

प्रहरीले भिडलाई तितरबितर पार्न ३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । त्यसपश्चात अवस्था सामान्य बनेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार जिल्लामा दर्ता भएको अनुचित लेनदेन (मिटरब्याज) सम्वन्धी २ हजार ३१८ निवेदनमध्ये १ हजार ५५७ निवेदनमा छलफल गराएर ६२३ निवेदनको मिलापत्र अर्थात् फछ्यौट भइसकेको छ ।

ADVERTISEMENT

पीडक (साहु) बाट माग भएको ५४ करोड ८ लाख २२ हजार ७३६ रुपैयाँमध्ये २३ करोड २१ लाख १९ हजार ९७४ रुपैयाँमा सहमती भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै, २० बिघा बढी जग्गा पिडकबाट फिर्ता गराइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?