भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको अरुण माध्यामिक विद्यालय दिङलामा कार्यरत शिक्षक नीलबहादुर चौहान माथि मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएको भन्दै जिल्लाका तीन वटा संस्थाले संयुक्त विज्ञप्ति प्रकाशित गर्दे दोषी माथि कारवाहीको माग गरेको छ ।
नेपाल शिक्षक संघ षडानन्द नगर समितिका सदस्य तथा नेपाल ट्रेड युनियन कांग्रेस भोजपुरका उपाध्यक्ष चौहानमाथि पौष ७ गते नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति र जिल्ला समितिको निर्देशन अनुसार अरुण माविमा कक्षा संचालन गरी बजार भर्नेक्रममा सामान्य भनाभन भएकै कारण षडानन्द नगरपालिका ४ का पवन राईले बिना कारण कुटपिट गरेको भन्दै नेपाल शिक्षक संघ षडानन्द नगर समिति, नेपाल शिक्षक संघ जिल्ला कार्य समिति र नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समितिले बिहिवार बिज्ञप्ती प्रकाशित गर्दै घटनाको छानविन गरी दोषी माथि कारवाहीको माग गरेको हो ।
शिक्षक चौहानको हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको भन्दै विज्ञप्तिमा भनिएको छ, “नागरिकको बाँच्न पाउने मौलिक हक र कानुनी शासनको खिल्ली उडाएको अनुभूति भएको छ, तसर्थ दोषीउपर छानबिन गरी कडा कानुनी करवाही गर्न र घाइतेको उपचार तथा क्षतिपूर्तिको लागि तत्काल कदम चाल्न स्थानीय प्रशासन तथा प्रहरी समक्ष जोडदार माग गर्दछौं ।” शिक्षक संगठनहरुको छाता संगठन नेपाल शिक्षक महासंघ भोजपुरलाई घटनाका सम्वन्धमा आफनो आधिकारिक धारणा सार्वजनिक गर्न तथा पीडित शिक्षकको न्यायका लागि उचित पहल गर्न आग्रह गर्दछौं । शिक्षक संघ नगर समिति अध्यक्ष मधुसुदन भट्टराई, जिल्ला समिति अध्यक्ष ज्ञानराज खुलाल र ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष मनोज कोइरालाद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।
दोषी माथि कारवाही नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत विज्ञप्तिमा दिईएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts