सर्लाहीमा एक वृद्धको हत्या

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको दक्षिण-पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकामा एक वृद्धको हत्या भएको छ । हरिपूर्वा वडा नं. ३ धनकौलका ७५ वर्षीय राजनारायण रायको हत्या भएको हो ।

राय आफ्नै गोठमा मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हिजो दिउँसो ३ बजेतिर राय गोठमा मृत फेला परेको प्रहरीमा खबर आएको थियो । मृतकको शव अझै घटनास्थलमा नै रहेको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले हिजो घटनाको प्रारम्भिक अनुसन्धान गर्दागर्दै रात परेकाले शव घटनास्थलमै राखिएको बताउनुभयो । उहाँले आज घटनास्थलको थप अनुसन्धान गरी मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलङ्गवा लगिने जानकारी दिनुभयो ।

ADVERTISEMENT

घटनास्थलको अनुसन्धानका लागि धनुषाको लालगढमा रहेको नेपाल प्रहरीको गणबाट तालिमप्राप्त कुकुर ल्याइएको छ । “घटना शङ्कास्पद देखिएकाले कुकुर समेत मगाएर अनुसन्धान गर्दैछौँ,” एसपी धितालले भन्नुभयो,“ रात परेकाले हिजो विस्तृतमा घटनास्थल हेर्न पाएनौँ, अब आज सबै हेरेपछि मात्रै शव घटनास्थलबाट उठाउँछौँ ।”

प्रहरी उपरीक्षक धितालका अनुसार मृतकको टाउको पछाडि चोटपटक देखिएको छ । मृतक रायको घर र गोठ दुवै एकान्त ठाउँमा रहेका छन् । घटनास्थलको अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख धितालसहितका प्रहरी अधिकारीको टोली अहिले हरिपूर्वातर्फ जाँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?