नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा निर्माणाधीन उद्योगको ट्रष्ट भत्किँदा १०जना मजदुर घाईते भएका छन् । बर्दघाट १२ स्थित भटौलियामा कजरिया टायल्स् उद्योगको निर्माणाधिन ट्रष्ट भत्किएको हो । घाईते सबै भारतीय मजदुर रहेको डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
घाइते मजदुरहरुको चौपत्ता सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते मध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको बोहोराले बताउनु भयो ।
छतमा काम गरिरहेको समयमा क्रेनको ठक्करबाट ट्रष्ट भत्किएको बताईएको छ ।विस्तारै भत्किएका कारण ठुलो क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि रेशम बोहोराले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप विवरण आउन बाँकी छ । घाईते सबै भारतीय मजदुर रहेको बताईएको छ







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता