काठमाडौं । बाह्रखरी कथा लेखन प्रतियोगितामा ‘बुढो लाँकुरीको रूख’ प्रथम भएको छ । आइतबार काठमाडौंमा सम्पन्न विशेष कार्यक्रममा पाँचौं संस्करणको कथा प्रतियोगिताको विजेता घोषणासँगै ‘उत्कृष्ट कथा-२०८०’ पनि लोकार्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरू मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई क्रमशः एक लाख, साठी हजार तथा चालीस हजार नगद पुरस्कार प्रमाणपत्र तथा ट्रफी प्रदान गर्नुभएको थियो ।
मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएका हुन् । सोही अवसरमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले ‘बाह्रखरी उत्कृष्ट कथा २०८०’ कथाकृतिको लोकार्पण गर्नुभएको थियो । यस कथा संग्रहमा २५ उत्कृष्ट कथाका साथै चार वरिष्ठ आख्यानकर्मी भागीरथी श्रेष्ठ, भाउपन्थी, डा.राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समाविष्ट छन् ।
बाह्रखरी कथा लेखन प्रतियोगिता २०८० मा उत्कृष्ट २५ कथाकारहरूमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, प्रमोद प्याकुरेल, मनोजबाबु पन्त, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, विजय हितान, वसन्तबायुङ राई, शंकर धिताल, डा.श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हीरा लामा रहनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता