जनताले देशको बाघडोर एमालेको हातमा सुम्पिन चाहेका छन् : विष्णु पौडेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपाली जनताले मुलुकको शासनको बाघडोर एमालेलाई सुम्पिन चाहेको बताउनुभएको छ ।

पार्टीको झुलाघाट-चिवाभञ्ज्याङ यात्राको क्रममा जनताले भोगेका सबै समस्याको समाधान गर्न पनि मुलुकको शासन सत्ता एमालेले लिनुपर्ने र त्यसको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गनुपर्ने आम जनताको चाहना रहेको आफूहरुले पाएको उपाध्यक्ष पौडेलको दाबी थियो । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले आम जनताले आफूहरुको यात्राको क्रममा एमालेप्रति असाधारण आशा, भरोसा र विश्वास गरेको जिकिर गर्दै त्यसलाई महत्वपूर्ण पूँजीको रुपमा ग्रहण गरेर अघि बढ्ने बताउनु भयो ।

देशलाई सुःख, शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमालेको विकल्प नभएको पनि यात्राको क्रममा अनुभुति भएको उपाध्यक्ष पौडेलको भनाई थियो । उहाँले पार्टी अध्यक्ष ओलीप्रति देशभरका सबै उमेर समूहका मानिसहरुको असाधारण आकर्षण रहेको पनि बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीका श्रद्धेय अध्यक्षको अगुवाईमा झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्रामा सहभागी भयौं । यस क्रममा हामीले एउटा विशिष्ट पक्ष के छ भन्दाखेरी आम जनतामा यो पार्टी, त्यो पार्टी, यो दल वा त्यो दल होइन । यो समुदाय, त्यो समुदाय होइन । सबै जनसमुदायमा नेकपा एमालेप्रति असाधारण अपेक्षा, भरोसा र आकर्षण रहेको हामीले पायौं । र, विशेष गरी हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीज्युप्रति सबै उमेर समूहका वृद्धवृद्धाहरु, वयस्क नागरिकहरु, युवा युवतीहरु, किशोरकिशोरीहरु र बालबालिकाहरु सबै उमेर समूहका मानिसहरुमा असाधारण आकर्षण छ । र आम मानिसहरुले नेकपा एमालेका हातमा यो मुलुकको शासनको बाघडोर जानुपर्छ । र केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्नुपर्छ । अनिमात्रै हामीले भागेका समस्या समाधान हुनेछन् । अनिमात्रै देशले सुख, शान्ति र समृद्धिको यात्रा तय गर्ने अवसर प्राप्त गर्नेछ भनेर त्यो प्रकारको असाधारण विश्वास रहेको हामीले पायौं । अब हामीले जनतामा रहेको यो एमालेप्रतिको विश्वासलाई, एमालेप्रतिको यो भरोसालाई एमालेको महत्वपूर्ण पूँजीको रुपमा ग्रहण गर्न चाहन्छौं । यसक्रममा जनताले, विभिन्न संघ, संस्थाहरुले, राजनीतिक दलहरुले दिएको सुझावहरुलाई हामी टेबलमा राखेर विश्लेषण गर्नेछौं । र हाम्रा आउने दिनका निर्णयहरुमा यसक्रममा प्राप्त भएका सुझावहरु, अनुभवहरुलाई नयाँ ढंगले सूचिकृत गरेर ती सुझावहरुलाई कार्यान्वयन गर्ने सन्दर्भमा हामी प्लानिङ गरेर अघि बढनेछौं ।’

उपाध्यक्ष पौडेलले संकल्प यात्राको क्रममा पाएका सबै सुझावहरुलाई सूचिकृत गरेर एमालेले आगामी दिनमा अघि बढ्ने पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज