सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको सुनुवाइको निर्णय आज हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज हुनेछ । प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बोलाइएको छ ।

गत मंसिर ५ गते न्यायपरिषद्ले सर्वोच्चका लागि ६ न्यायाधीशको सिफारिस गरेको थियो । सुरु हुने संसद् सचिवालयले जनाएको छ । उनीहरुको २९ देखि सुरु भएको संसदीय सुनुवाइ सोमबार सकिएको थियो ।

ADVERTISEMENT

प्रस्तावित ६ न्यायाधीशमा बालकृष्ण ढकाल, सुनीलकुमार पोखरेल, टेकप्रसाद ढुंगाना, महेश शर्मा पौडेल, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमान छन् । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज