नेकपा एसको सचिवालय बैठक आज पनि, विधान संसोधन माथि छलफल हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ ।

हिजो देखी सुरु भएको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल भईरहेको छ ।

ADVERTISEMENT

पार्टी उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख वेदुराम भुसालको संयोजकत्वमा कार्यदलले बनाएको विधान संसोधन प्रस्ताव छलफलका लागि प्रस्ताव गरेको थियो । महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यदलले पेश गरेको उक्त प्रस्ताव माथी आज पनि छलफल हुन लागेको हो ।

‘‘सचिवालयको बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम आज पनि जारी रहने छ’, पार्टी प्रवक्त जगन्नाथ खतिवडाले भन्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज