सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन निर्देशन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको भन्दै कामलाई तिव्रता दिन निर्देशन दिनु भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणधिन सिद्धबाबा सुरुङ मार्गको स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले कामको गति निकै ढिलो भएकोमा ध्यानआर्षण गराउँदै तिव्रता दिन निर्देशन दिनु भएको हो ।

सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको बताउँदै यसको काममा कुनै पनि लापरवाही नगर्न मन्त्रीले निर्माण व्यवसायीलाई सचेत गराउनु भयो । मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल रुपमा पूरा गर्नका लागि आकस्मिक रुपमा निरीक्षण गरिएको बताउनु भयो ।

उहाँले निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्माण व्यवसायीको कामप्रती सन्तुष्ट हुन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिनु भयो । मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबाको प्रवेशद्धारसहित ३ वटा क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो ।

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबा देखि पाल्पाको दोभान चौकी सम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्गको अवधारणा अघि सारिएको हो ।

सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्परेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि ७ अर्ब ३४ करोड सम्झौता गरेको हो । निरीक्षणमा सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले कामले गती लिन नसकेको स्विकार गर्नुभयो ।
उहाँले सुरुङमार्ग नेपालका लागि नयाँ भएकाले अहिले बाहिरी डिजाईन स्विकृत गरेर काम भइरहेको बताउनु भयो ।

ADVERTISEMENT

यस्तै मन्त्री ज्वालाले बुटवल नारायणगढ सडकखण्डको पनि शनिबार नै निरीक्षण गर्नुभएको छ । सडक निर्माण समयमा पूरा नहुँदा नागरिकले सास्ती पाएको बिषयमा जनगुनासो व्यापक भएकाले आफू निरीक्षणमा आएको उहाँले बताउनु भयो ।

‘बुटवल नारायणगढ सडकको कामको गती बढेको छैन, सन्तुष्ट छैनौं’ उहाँले भन्नुभयो -‘अहिले स्थलगत निरीक्षण गरेर समस्या के हो, त्यसको समाधान गर्ने गरी छलफलमा समेत जुटछौ ।’ मन्त्री शर्माले यस सडकका बिषयमा नागरिकहरुको गुनासो निकै धेरै भएकाले अब कुनै पनि वहानामा काममा ढिलाई नगर्न निर्देशन दिएको बताउनु भयो ।

मन्त्रीले आफुलाई बुटवल नारायणगढ सडकको काममा भइरहेको ढिलाईप्रती निकै चासो रहेको बताउँदै यसपटक समस्याको चुरो पत्ता लगाएर समाधान गर्ने गरी आएको बताउनु भयो ।

उक्त अवसरमा बुटवल नारायणगढ पश्चिम सेक्टर आयोजना प्रमुख शंशाक मिश्रले पर्याप्त मात्रामा निर्माण सामग्री नपाउँदा काममा ढिलाई भएको बताउनु भयो ।

उहाँका अनुसार नारायणगढ बुटवल पश्चिम खण्डमा ३९ प्रतिशत भौतिक प्रगती छ । मन्त्री ज्वालासहितको टोलीले शनिबारै हुलाकी सडकखण्डको समेत निरीक्षण गरेको छ ।

यस्तै कपिलबस्तुमा निर्माण भएको सुरईखोलाको पुलको समेत उद्घाटन गरिएको छ । निरीक्षणमा मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशिलबाबु ढकाल, मन्त्रालयका निमित्त सचिव रघुराम विष्ट, एसियाली विकास बैंक(एडिबि)का निर्देनालयका प्रमुख चुराराज ढकाल, पुल महाशाखाका प्रमुख ललितजंग खनाललगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?