
काठमाडौं । पुस पहिलो सातादेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताका लागि लुम्बिनी र गण्डकीको टोली घोषणा भएको छ । सरस्वती घर्तीमगरको कप्तानीमा रहेको लुम्बिनीको टोलीमा कृतिका मरासिनी उपकप्तान हुनुहुन्छ । लुम्बिनीले पुस ५ गते गण्डकी प्रदेशसँग खेल्दै खेलको सुरुवात गर्नेछ ।
लुम्बिनीको टोलीमा सरस्वती घर्तीमगर (कप्तान), कृतिका मरासिनी (उपकप्तान), मधु डिसी, शर्मिला रोकामगर, कमला घर्तीमगर, सुस्मिता भुषाल, आश्मा पुलामी, कृति अधिकारी, रञ्जु श्रेष्ठ, सुस्मिता बजगाईं, चमेली चौधरी, मनिषा राना र सरस्वती पुन हुनुहुन्छ । यस्तै वैकल्किप खेलाडीमा साक्षी भण्डारी, दीपा कुँवर, जिग्यारा थापा र स्वस्तिका बजगाईं हुनुहुन्छ ।
यस्तै स्टार युवा अलराउण्डर सुमन खतिवडालाई समेट्दै गण्डकी प्रदेशले पनि आफ्नो टोली घोषणा गरेको छ । यसअघि बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आउनुभएकी सुमनले यसपटकको पिएम कप गण्डकीबाट खेल्नुहुने भएको छ । उहाँ तीव्रगतिमा बलिङसँगै मध्यक्रममा आक्रामक ब्याटिङको क्षमता राख्नुहुन्छ ।
गण्डकीको टोलीमा कुसुम गोदार, अञ्जली विश्वकर्मा, सिमाना केसी, सिर्जना पौडेल, सृष्टि पौडेल, सुमन खतिवडा, ज्यात्स्निका मरासिनी, निरु जिटी, आकृति तिवारी, सेर्निया थापा, शिला रेग्मी क्षेत्री, श्रेया शाही, रचना पौडेल र आर्मिनी अधिकारी हुनुहुन्छ । यस्तै वैकल्पिक खेलाडीमा श्रेया शर्मा, धनाकुमारी क्षेत्री, कृषा आखेली र सुशीला भट्टराई हुनुहुन्छ ।
पिएम कप महिला पुस ५ देखि १७ गतेसम्म मूलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सात प्रदेश र नेपाल एपिएफ क्लबको सहभागिता रहनेछ । पहिलोपटक राउण्ड रोविनका आधारमा खेल हुनेछ । सबै टोलीले एकअर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।
शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच