कालीकोट । कालीकोटमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट अधिकांश महिला पीडित भएको एक तथ्याङ्कले देखाएको छ ।
इन्सेकद्धारा प्रकाशन हुने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानवअधिकार तथा ज्यादतीसँग सम्बन्धित घटनाहरूको शनिबार आयोजित वार्षिक पूर्व समीक्षा कार्यक्रममा मानवखधिकार उल्लङ्घन तथा ज्यादतीका ३३ घटनाबाट ४८ जना पीडित भएको अभिलेख छ । जसमा राज्यपक्षबाट एक जना पुरुष र गैरराज्यपक्षबाट ३४ जना महिला र १३ जना पुरुष पीडित भएको विरण सार्वजनिक गरिएको हो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले सन् २०२३ देखि डिसेम्बर १६ सम्म सङ्कलन गरिएका ३३ ओटा घटना प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरेको प्रतिवेदनमा घरेलु हिंसाका १९, बलात्कारका ६ कुटपिट दुव्र्यहारका ४, कुपोषणबाट मृत्यु १, बोक्सिको आरोप १, जातीय विभेद का २ घटना रहेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकका लागि सङ्कलन तथा सम्प्रेषण गर्ने घटनाले समाजमामा मानवअधिकार संस्कृतिको विकास हुनुका साथै सामाजिक विकासमा टेवा पुगेको बताउनुभयो । साथै उहाँले अदालती प्रक्रियामा दर्ता भएका मुद्दाहरुको समेत इन्सेकले खोजी गर्नुपर्नेमा जोड दिनु भयो ।
यसैगरी स्थानीय तहले कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रको लागि छुट्याउनु पर्ने न्युनतम मापदण्ड भएपनि पुरा नगरेको, जिल्लामा शिक्षामा पनि सुधार ल्याउनु पर्ने, जिल्लामा वेरोजगारीको दर बढेको, महामारीले हरेक क्षेत्रमा पारेको समस्यालाई सम्बन्धित निकायले गम्भीर रुपमा नलिएको इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कालीकोटका प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले जिल्लाका विकट बस्तीमा लुकेर रहेका मानवअधिकार उल्लङ्घन ज्यादतीका घटनाहरु उजागर गर्न इन्सेकलाई आग्रह गर्नुभयो । उहाँले मानव अधिकारको संरक्षण सम्बर्द्धन गर्ने राज्यको दायित्व भएपनि इन्सेक जस्ता मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुले महत्वपूर्ण काम गरिरहेको बताउनुभयो ।
नेपाल बार एसोसिएसन कालीकोटका कोषाध्यक्ष खडानन्द चौलागाँइले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकले गर्दा धेरैले न्याय पाएको र न्यायको पहुँचसम्म पुगेकाले अझै मिहिनेत गरेर घटना सत्य तथ्य घटना उजागर गर्नु पर्ने धारण राख्नुभयो ।
कार्यक्रममा दलित महिला संघ फेडो नेपाल कालीकोटका जिल्ला संयोजक रमेश नेपालीले सङ्कलन गरेका घटना यथार्थ सहि भएको र मानवअधिकार उलंघन सम्बन्धिका घटना न्यूनीकरणका लागि इन्सेक कानूनी सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले दलित माथि भएका घटनाहरुलाई थप उजागर गर्न आवश्यक रहेको ओैंल्याउनुभयो
वार्षिक पूर्व समीक्षा कार्यक्रममा प्रहरी प्रशासन, न्यायिक निकाय, राजनितिक दल, नागरिक समाज, मानवअधिकारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts