विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिले नेकपा माओवादी केन्द्रले नेतृत्व गरि रहेको सरकार परिवर्तन गर्नुपर्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न र जनतामा आशा जगाउन समेत नसकेको बताउनु भएको हो ।
कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने दावस् गर्दे नेता कोइरालाले भन्नुभयो, 'सरकारसँग जनता निराश भएका छन्, जताततै वेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ,' उहाँले भन्नुभयो, 'जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।'
नेता कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकता तर्फ देश उन्मुख भएको पनि बताउनुभयो । कांग्रेसले मात्रै मुलुकको समस्या समाधान गर्न नेता कोइरालाको तर्क थियो । आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले भन्नुभयाे, 'लोकतन्त्रमा अंकको खेल हुन्छ । हामीसँग दलको नेता फेर्ने संख्या छैन ।' नेता कोइरालाले कोशी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनु पर्नेमा जोड दिनुभयो ।
पहिचानवादीहरु सित वार्ताको टेबलमा बसेर विवाद मिलाउन सुझाव दिँदै डा. कोइरालाले भन्नुभयो, 'कोशी नामका विषयमा विवाद छ , त्यसलाई असन्तुष्ट पक्षसँग बसेर समाधान गर्नुपर्छ ।'
त्यस्तै नेता कोइरालाले राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतो बिना एनसेल प्रकरण हुनै नसक्ने ठोकुवा समेत गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts