भोजपुर,। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन दलहरु गठबन्धन गरेर एकातिर लाग्दा पनि पार्टी बलियो भएको बताउनु भएकाे छ ।
एमालेसँग एक्लै लड्ने हिम्मत कुनै पनि पार्टीमा नदेखिएको बताउँदै अध्यक्ष ओलीले एमालेलाई कमजोर बनाउन गरिएका प्रयासहरु असफल भएको बताउनुभयो ।
गत मंसिर १४ गतेबाट सुरु झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प अभियान अन्तर्गत बुधबार भोजपुर सदरमुकाममा पार्टीबाट आयोजित जनभेटघाट कार्यक्रममा बोल्र्दै अध्यक्ष ओलीले एमालेलाई बहुमत आउन नदिई भित्तामा पुर्याउने र धुलो चटाई दिने भन्नेलाई एमालेले एक्लै जवाफ दिएको बताउनुभयो ।
केही बुथ कब्जा गरेर कांग्रेस पहिलो पार्टी भएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले मिसन ०८४ मा लाग्न सवैलाई नेता कार्यकर्तालाई आहवान गर्दे प्रत्येक क्षेत्रमा ५१ प्रतिशत मत ल्याएर मिसन पुरा गर्नुपर्ने बताउनुभयो ।
गठबन्धनबाट केही नहुने भन्दै अध्यक्ष ओलीले आगामी चुनावमा एमालेको बहुमत आउनै पर्ने धारणा राख्नुभयो । जनताको कुरा बुझनका लागि समृद्धिको यात्रा सुरु गरिएको बताउँदै अध्यक्ष ओलीले एमालेले सरकार छोडेपछि बिकास कार्यहरु पनि प्रभावित बनेको बताउनुभयो ।
देश बनाउने अभियानको नेतृत्व नेकपा एमालेले गर्ने दाबी गर्नु हुँदै ओलीले अनेक जाल झेल गर्दै बहुमतकाे सरकार ढालेर, अदालतको सहारा लिएर समय नै तोकेर दक्षिणपन्थीको हातमा सत्ता जिम्मा लगाउने काम भएको बताउनुभयो ।
सो क्रममा केन्द्रिय अध्यक्ष ओलीलाई जिल्ला अध्यक्ष शरणकुमार राईले जिल्लाको विकासका लागि गुरु योजनाको प्रस्ताव हस्तान्तरण गर्दे बजेट ब्यवस्थापनका लागि माग गर्नु भयो ।
सो भन्दा अगाडि अध्यक्ष ओली सहितको टोलीलाई भोजपुर र खोटाङको सिमानामा रहेको चखेवा भञ्ज्याङमा स्वागत गरिएको थियो । बिभिन्न कार्यक्रममा सहभागि हुँदै संकल्प यात्राको टोली मंसिर २८ गते भोजपुरबाट धनकुटा प्रस्थान गर्ने छ ।
एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा सहभागी हुनुहुन्छ ।
संकल्प यात्राको टोली आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts