गुल्मी । गुल्मीमा एउटा गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका- ६ भलायचौरका नारायण खड्काको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
गए राति करिब ११:०० बजेको समयमा काठले बनेको, गारो नलगाएको, जस्तापाताको छानो भएको, टहरामा (गोठमा) आगलागी हुँदा करिब एक लाख पचास हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो।
प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी प्रहरी चौकी चारपालाबाट प्रहरी पुगेर स्थानीयको सहयोगमा करिब ११:५५ बजेको समयमा आगो नियन्त्रणमा लिइएको थियो ।
हाल गाईबस्तु नरहेको सो टहरामा रहेको घास तथा काठपात र जस्तापाता जलेको छ। आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts