
काठमाडौं । दराज ‘वाणिज्यद्वारा समुदायहरू उत्थान’ गर्नमा प्रतिबद्ध छ । यस वर्ष संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यमा आधारित भएर दराजले विभिन्न समुदाय उत्थानका कार्यक्रम सञ्चालन गरेको छ । रणनीतिकरूपमा युवा तथा महिलालाई उत्प्रेरित गर्दै उद्यमीलाई अन बोर्डिङ गरेर थप समावेशी र दिगो भविष्य निर्माणप्रति कदम चालेको कम्पनीले महिलालाई सीप प्रदान गर्ने उद्देश्यले मेन्टरसिप कार्यक्रम सञ्चालन गरेको छ ।
कम्पनीले ‘लाइफ प्रोजेक्ट फर युथ’ तथा ‘उद्देश्य गल्र्स इन स्टिम’लगायतका संस्थासँगको सहकार्यमा विभिन्न मेन्टरसिप कार्यक्रम सार्वजनिक गर्दै प्राविधिक ज्ञान, रोजगारी र उद्यमशीलता जस्ता कार्य प्रवद्र्धन गर्ने गरेको छ । साथै समावेशी उद्योग विकासको उद्देश्यले दराजले सधैँ सम्पूर्ण राष्ट्रका महिला उद्यमीलाई प्रोत्साहन गर्दै लैंगिक समानता, सम्मानित काम र आर्थिक वृद्धिका कार्य गर्ने गरेको छ ।
महिला उद्यमी महासंघसँगको सहकार्यमा दराजले महिला उद्यमीलाई इ-कमर्स प्लेटफर्मको पहुँच तथा यसको प्रयोगका लागि आवश्यक तालिम प्रदान गर्दै आएको जनाएको छ ।
सरकारको चासो तथा दिगो विकासको केन्द्रबिन्दु भनिने कार्बन उत्सर्जनको न्यूनीकरणमा सहयोग गर्न कम्पनीले ‘डोको रिसाइक्लर्स’ सँग सहकार्य गरेर प्याकेजिङमा प्रयोग हुने प्लास्टिक देशका १७ स्टेसनबाट संकलन गरी रिसाइकल गरेर पाइप बनाउने गरेको छ । यसबाहेक कम्पनीले विद्युतीय सवारीसाधनको प्रयोगलाई पनि प्राथमिकतामा राखेको छ । जसअन्तर्गत दुईवटा ट्रक र ७५ वटा बाइक गरी कुल ७७ विद्युतीय सवारीसाधनलाई दराजका डेलिभरीमा प्रयोग गरेको छ ।
त्यस्तै कम्पनीले युनिसेफसँगको सहकार्यमा बंगलामुखी क्षेत्रमा पार्कको पुनर्निर्माणमा सहयोग गर्दै सुरक्षित र खुला ठाउँ निर्माण पनि गरेको छ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच