इलाम । इलाम सदरमुकामको इलाम अस्पतालको आवास गृहमा मंगलबार दिउँसो आगलागी भएको छ ।
दिउँसो साढे १ बजे रित अस्पताल परिसरमा रहेको पुरोनो भवनमा आगो लागेको थियो ।
स्थानीयवासी, सुरक्षा निकाय, नगरपालिकाको दमकलको सहायताले आगो अन्यत्र फैलन पाएन । तत्काल आगो नियन्त्रणका लागि सबै उपाय अपनाउँदा अस्पताल र बजार क्षेत्रमा आगो फैलन नपाई नियन्त्रणमा आएको हो ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आवास गृहमा ४ परिवार बस्दै आएका थिए ।






