‘सुशासन र समृद्धिसहितको परिवर्तन उत्तम विकल्प’

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राप्रपा नेपालले मुलुकमा देखिएका समस्या समाधानका निम्ति संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र नै आजको उपयुक्त विकल्प भएको निष्कर्ष निकालेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सुशासन र समृद्धिसहितको परिवर्तन नै आजको आवश्यकता रहेको ठहर गरेको हो ।

बैठकले एनसेल खरिदबिक्री सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ । यसैगरी राष्ट्र निर्माणका लागि उपयुक्त वैकल्पिक विचार र मार्गचित्र जनसमक्ष प्रस्तुत गरिने पार्टीका प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

मार्गचित्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभाका लागि प्रत्यक्ष निर्वाचित तथा राष्ट्रियसभाका लागि समानुपातिक निर्वाचन प्रणाली, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, उदार आर्थिक व्यवस्था  र केन्द्र तथा स्थानीय गरी दुई तहको राज्य संरचना हुनुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?