सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ को सेवा पाँच दिनदेखि ठप्प रहेको छ।
गाउँपालिकाले विभेदपूर्ण व्यवहार गरेको भन्दै वडाका जनप्रतिनिधिले अनिश्चितकालका लागि सेवा बन्द गरेका हुन्।
गत बुधबार वडाका सबै निर्वाचित प्रतिनिधिहरूको उपस्थितिमा बसेको वडा समितिको बैठकले गाउँपालिकाको विभेदपूर्ण व्यवहारप्रति खेद प्रकट गर्दै जायज माग सम्बोधन नभएसम्म वडाको सबै कामकाज बन्द गर्ने निर्णय गरेको हो।
सेवा बन्द हुँदा वडावासी मर्कामा परेका छन्।






