काठमाडौं । चलचित्र ‘आलिंगन’ बन्ने भएको छ । कमल एक्चै मगरको निर्देशनमा बन्ने चलचित्र ‘आलिंगन’को औपचारिक घोषणा गरिएको हो । सामाजिक प्रेमकथामा बन्ने चलचित्रको कथा स्वयं मगरले लेख्नुभएको हो ।
चलचित्रको पटकथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेख्नुभएको छ । कृशला मगर कार्यकारी निर्माता रहेको चलचित्रमा चक्रबहादुर महर्जनको छायांकन रहनेछ । परफर्मिंग आर्ट क्रियसनको ब्यानरमा निर्माण हुने यो चलचित्रका कलाकार र अन्य प्राविधिक भने खुलाइएको छैन ।
गतवर्ष मंसिर २३ गते कमल निर्देशित चलचित्र ‘डेसान’ प्रदर्शनमा आएको थियो । चलचित्र ‘डेसान’बाट उहाँले राम्रै प्रसंशा बटुल्न सफल हुनुभएको थियो । मगरले चलचित्र ‘शिरफूल’मार्फत निर्देशनमा पाइला चाल्नुभएको हो । ‘आलिंगन’ उहाँको निर्देशनमा बन्ने तेस्रो चलचित्र हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता