कांग्रेसलाई मजबुत बनाउन एकता जरुरी : पूर्वमुख्यमन्त्री थापा

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले एकता बिना पार्टी बलियो नहुने भएकाले कांग्रेसलाई बलियो बनाउन सबै पक्ष एक ढिक्का हुनुपर्ने बताउनु भएको छ ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापाले नेपाली कांग्रेस परिवर्तनका लागि लडेको पार्टी भएकाले यो कहिल्यै समाप्त नहुने भयो । उहाँले कांग्रेस हरेक परिवर्तनको नेतृत्व गरेको पार्टी भएकाले अव यसलाई अझै मजबुत बनाउन सवै शक्तिहरु एक हुनु पर्ने पनि बताउनुभयो ।

भेटघाटका क्रममा बिहिवार भोजपुर आईपुग्नु भएका कांग्रेस केन्द्रिय सदस्य तथा कोशी प्रदेश समितिका सभापति समेत रहनु भएका थापाले प्राप्त उपलब्धीहरुको रक्षा गर्नका लागि पनि पार्टी भित्र गुट उपगुटहरु देखिन नहुने बताउनुभयो । बिगतमा कांग्रेस भित्र एकता देखिएकाले ठुला ठुला परिवर्तन भएको बताउँदै थापाले तावा तातेको अवस्थामा रोटी हाल्न भने अर्को शक्तिलाई दिन नहुने गरी कांग्रेसलाई अगाडी बढाउनु पर्ने बताउनुभयो ।

ADVERTISEMENT

कांग्रेसमा देखिने गुटउपगुटहरुका कारण कार्यकर्ताहरुमा समेत निराश देखिएको भन्दै भेटघाटमा सहभागिहरुले पार्टीलाई एक ढिक्का बनाएर संगठन मजबुत बनाउन केन्द्रिय समिति र प्रदेश समिति लाग्नु पर्ने सुझाव दिएपछि प्रदेश सभापति थापाले एकता टुटेमा बिभिन्न शक्तिहरु जन्मिने बताउँदै यो लोकतन्त्र र मुलुकका लागि पनि खतरा हुने बताउनु भएको हो ।

प्रदेश सभापति थापा सहितको टोलीलाई प्रदेश समितिका सदस्य तथा भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले स्वागत गर्नु भएको थियो । टोलीमा केन्द्रिय सदस्य तथा पूर्व प्रदेशमन्त्री प्रदिप सुनुवार, पार्टीका प्रदेश मुख्यसचिव नारायण कोइरालाका साथै अन्य नेता तथा कार्यकर्ताहरु हुनुहुन्थ्यो । जिल्ला स्तरीय भेटघाटमा पार्टीका पदाधिकारी, महिला संघ, प्राध्यापक संघ, तरुण दल, शिक्षक, प्रेस युनियन लगायतका पदाधिकारी तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?