बाल अधिकार एवम् संरक्षणमा विशेष चासो दिन बुटवलका जनप्रतिनिधि प्रतिबद्ध

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । बुटवल–बुटवलका जनप्रतिनिधिले बाल अधिकार एवम् संरक्षणमा विशेष चासो दिने प्रतिबद्धता जनाएका छन्।

बिहीबार बुटवलमा आयोजित जनप्रतिनिधिहरुका लागि बाल अधिकार एवम् संरक्षणमा स्थानीय तहको भूमिका तथा जिम्मेवारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले बालमैत्री नगर बनाउनका लागि यथेष्ट प्रयास गर्ने बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बालबालिकामैत्री नगर बनाउनका लागि आवश्यक कानून निर्माण गर्ने वताउनु भयो।उहाले बालबालिकाको श्रमशोषण, पोषक खानाको अभाव, अपहेलना, पारिवारिक र लैङ्गिक हिंसा, उपयुक्त स्वास्थ्य सुविधा प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्य गर्नका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेको बताउनु भयो।

उहाँले नगरलाई सबै उमेर, सबै जातजाति, सबै समुदाय र सबै भाषाभाषीहरुको समान अस्तित्व र सहभागिता हुने गरी नीति कार्यक्रम तय गर्ने गरेको वताउनु भयो। उहाले बालश्रममुक्त शहर बनाउनका लागि कडाइका साथ अनुगमन र नियमन गर्ने प्रतिबद्धता जनाएका छन।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको हेरचाहदेखि विद्यालय शिक्षासम्ममा अधिकार र संरक्षणमा विशेष चासो दिएको वताउनु भयो्। उहाले बुटवल सबैले समान अधिकार प्राप्त गरेको शहर बनाउनका लागि प्रतिबद्ध रहेको बताउनु भयो।

ADVERTISEMENT

बुटवल उपमहानगरपालिकाको आयोजना, सेतो गुराँस बालविकास सेवा रुपन्देहीको समन्वय र किडासाको सहयोगमा भएको कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेल, किडासाका सञ्जय आत्रेय, सेतो गुराँस बालविकास सेवा रुपन्देहीकी अध्यक्ष ओमी पुनले बोल्दै बालअधिकारको संरक्षण हुनसकेमात्रै मुलुकले दक्ष जनशक्ति प्राप्त गर्न सक्ने बताउनु भयो।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वडाध्यक्षहरु विष्णु ढकाल, रामचन्द्र क्षेत्री, चन्द्रसिंह थापा, आर्थिक विकास तथा समाजकल्याण महाशाखा प्रमुख तुल्सा अर्याल, महिला बालबालिका तथा समावेशी शाखाकी तारा भुसालले बोल्दै बालबालिकाको अधिकार प्रदान र संरक्षणमा सबै क्षेत्रको समान भूमिका रहने बताउनु भयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज