विराटनगर । विराटनगरको सातघुम्ती चोकमा रहेको एउटा कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय दिपक मण्डल रहेका छन् ।
विराटनगर ७ घर भएका मण्डलको न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। आगलागीमा परी ४ जना घाइते भएका छन् । आगलागीमा परेर ५ जना घाइते भएका थिए । घाइते मध्ये एक जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको न्यूरो र कोशी अस्पतालमा उपचार भइरहेको छ ।
विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी भएको थियो ।






