स्वास्थ्य स्वयंमसेविकाबीच हाजिरी जवाफ प्रतियोगिता

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले स्वास्थ्य स्वयंमसेविकाबीच हाजिरी जवाफ प्रतियोगिता गराएको छ ।
२० औं महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवसको अवसरमा आज मंगलबार गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता गराएको हो ।

पालिकाको सातै वडाको स्वास्थ्य संस्थामा कार्यररत महिला स्वयंमसेविकाहरूबीच भएको हाजिरीजवाफ प्रतियोगितामा खार्ताम्छा स्वास्थ्य चौकीमा कार्यरत महिला स्वयंमसेविकाहरू प्रथम भएका छन् ।

सप्तेश्वर स्वास्थ्य चौकीका स्वयंमसेविकाहरु दोश्रो र सुङदेल स्वास्थ्य चौकीमा कार्यरत स्वयंमसेविकाहरु तेश्रो भएको गाउँपालिकाले जनाएको छ ।

ADVERTISEMENT

हाजिरीजवाफ प्रतियोगिताका प्रथमले नगद १० हजार, दोश्रोले नगद ७ हजार र तेश्रोले नगद ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

दिवसकै अवसरमा फेदी स्वास्थ्य चौकीमा कार्यरत सरमसरी राई, खार्ताम्छा स्वास्थ्य चौकीमा कार्यरत कृष्णकुमारी राई, बासपानी स्वास्थ्य चौकीमा कार्यरत लक्ष्मी राई, बाक्सिला स्वास्थ्य चौकीमा कार्यरत देवी गुरुङ, सप्तेश्वर स्वास्थ्य चौकीमा कार्यरत धन्जुमाँया राई, दिप्सुङ स्वास्थ्य चौकीमा कार्यरत सिर्जना राई र सुङदेल स्वास्थ्य चौकीमा कार्यरत देउतिमाँया राईलाई जनही ३–३ हजार र सम्मानपत्र दिएर सम्मान गरिएको गाउँपालिकाका सूचना अधिकारी संगम खतिवडाले बताउनु भयो ।

कार्यक्रमकै अवसरमा स्वास्थ्य चौकीहरुमा कार्यरत ७५ जना महिला स्वयंमसेविकालाई छाता, झोला र पालिकाको डायरी वितरण गरिएको छ । हाजिरी जवाफ प्रतियोगिताका विजयी टीम, उत्कृष्ट स्वयंमसेविकालाई गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, प्रमुख प्रशासकीय अधिकृत बोम बहादुर परियार लगायतले पुरस्कार वितरण तथा सम्मान गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज