भोजपुर । दुर्गम पहाडी जिल्ला भोजपुरमा आँखाका रोगीहरुको संख्या बढदै गएको छ । आर्थिक समस्याका कारण बषाैँ अगाडि देखि आँखाका रोगीहरु उपचार नगराई बस्नेलाई जिल्लामा हुने आँखा शिविरहरु प्रभावकारी बन्दै गएका छन् ।
भोजपुर नगरपालिका वडा नम्वर १२, पुरानोडवलीमा नेपाल नेत्र ज्योति संघ भोजपुरले संचालन गर्दे आएको आँखा तथा कान उपचार केन्द्रमा समेत दैनिक परीक्षणका लागि आँखा तथा कानका रोगीहरु आउने गरेका छन ।
भोजपुरमा आँखाका रोगीहरुको संख्या बढदै गएका कारण जिल्लामा संचालन हुने आँखा शिबिरहरु प्रभावकारी देखिन थालेको आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख बिजय तामाङले बताउनुभयो । भोजपुरमा मोतिया बिन्दुको समस्या भएका बिरामीहरुको संख्या बढी देखिने गरेको बताउँदै प्रमुख तामाङले जिल्ला स्तरमा भएका शिविरमा मोतिया बिन्दुको अप्रेशन हुने गरेकाले बृद्ध बृद्धाका लागि प्रभावकारी देखिएको बताउनुभयो ।
विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजनामा भोजपुरका ग्रामीण क्षेत्रका साथै सदरमुकाममा संचालन हुने शिविरहरु प्रभावकारी बनेका हुन । शिविरहरु प्रभावकारी बनेसँगै आगामी पौष २ देखि ४ गतेसम्म केन्द्र परिसरमा आँखाको जाँच तथा शल्यक्रिया शिविरको आयोजना गरिएको छ ।
शिबिरमा आँखा जाँचका साथै मोतिया बिन्दुको शल्यक्रिया सहित मासु पलाएको रोगहरुको पनि परिक्षण गरिने आयोजक नेपाल नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरले जनाएको छ । दुर्गम ग्रामीण भेगका विपन्न समुदायलाई लक्षित गरी शिविर आयोजना गरिने भएकाले जिल्लामा यो प्रभावकारी बनेको नेपाल नेत्रज्योती संघ भोजपुरका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो । प्रधानले भन्नुभयो, “शिविरमा हामीले आँखाको उपचारका लागि ठुला अस्पतालहरुमा पुगेर फर्कनु हुनेहरुलाई समेत सेवा दिएका छौँ ।”







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts