पाल्पाको माटोमा बढ्यो अम्लीय पदार्थ, खस्कियो उर्वराशक्ति

कृषि प्राविधिक भन्छन् : ‘रासायनिक मलको विकल्प खोजौं’

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । कृषि उत्पादनका लागि उर्वर मानिने पाल्पाको माटोमा पछिल्लो अम्लीय पदार्थ बढेको पाइएको छ । कृषि ज्ञानकेन्द्र पाल्पाले निरन्तर माटोको जाँच गर्दा माटोमा अम्लीय पदार्थ बढेको पाइएको हो ।

माटोमा अम्लीय पदार्थ बढ्दै गएपछि माटोको उर्वराशक्ति खस्केको छ । रासायनिक मलको निरन्तर प्रयोगले माटो बिग्रँदै गएको हो । ज्ञानकेन्द्रले आर्थिक वर्ष २०७९/०८० मा जिल्लाका १० वटै स्थानीय तहमा गएर एक हजार एक सय ७ माटोको नमूना परीक्षण गरेको थियो ।

यहाँका अधिकांश ठाउँको माटो अम्लीय रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका कृषि प्राविधिक लवकुस प्रसाद कुर्मीले बताउनुभयो । ‘हामीले ११ सय ७ माटोको नमुना हे-यौँ, जसमा २ सय ८१ नमूनामा माटो अम्लीय देखिन्छ,’ उहाँले भन्नुभयो, ‘माटोमा रासायनिक पदार्थ धेरै प्रयोग गर्दा यो समस्या देखिएको हो ।’ कूल नमूना परीक्षणमा १६ वटा नमूनामा क्षारीय, ८ सय १० वटामा (न्यूटल) तटस्थ रहेको कुर्मीले बताउनुभयो ।
धेरैजसो बाली उत्पादनका लागि तटस्थ माटो उपयुक्त हुने भए पनि यस्तो खालको माटोको गुणस्तर कम हुने गर्दछ । माटोको पिएच मान ७ हुँदा तटस्थ हुन्छ । त्यहाँभन्दा जति धेरै तल झ-यो, त्यति नै अम्लीय हुने गर्दछ । यहाँ माटो अम्लीयसँगै, नाइट्रोजन, फसफोरस, पोटास, प्रांगारिक पदार्थ पनि कम छ । मुख्यतः रासायनिक मलको बढ्दो प्रयोगले माटो बिरामी हुँदै गएको कृषि ज्ञान केन्द्रको विश्लेषण छ । प्राविधिक कुर्मीका अनुसार यहाँको १० दशमलव ७५ प्रतिशत माटोमा नाइट्रोजनको मात्रा अधिक रहेको छ । यस्तै परीक्षणबाट ३५ दशमलव ६८ प्रतिशतमा नाइट्रोजनको मात्रा मध्यम र ५३ दशमलव ५७ प्रतिशतमा न्यून रहेको उहाँले बताउनुभयो । फस्फोरसतर्फ १२ दशमलव १ प्रतिशतमा उच्च, २७ दशमलव ९१ प्रतिशतमा मध्यम र ६० प्रतिशत न्यून रहेको कृषि प्राविधिक कुर्मीले बताउनुभयो । उहाँका अनुसार पोटासतर्फ २१ दशमलव ६ प्रतिशत उच्च, १९ दशमलव ४२ प्रतिशत मध्यम र ५८ दशमलव ९० प्रतिशत न्यून रहेको छ । जिल्लामा अम्लीयपन बढ्दै गएको प्राविधि कुर्मीको भनाई छ । ‘यो अवस्था भनेको माटोले उपचार खोजेको अवस्था हो । यतिमा नै माटोलाई उपचार गर्न पहल गरिएन भने उत्पादन र उत्पादकत्व घट्छ,’ उहाँले भन्नुभयो, ‘कुनै ठाउँको माटो ज्यादै अम्लीय छ । कुनै ठाउँको थोरै मात्र अम्लीय छ । थोरै भएकोलाई केही सुधार गर्न सके सुधार हुन्छ । धेरै अम्लीय भएकोलाई निकै गाह्रो पर्छ ।’ उहाँले माटोमा भएको अम्लीय पदार्थलाई हटाउन कृषि चुनको प्रयोग गर्नुपर्ने बताउनुभयो । माटोको गुणस्तर खस्केका कारण उत्पादनमा समेत ह्रास आएको छ । रासयनियक मलको प्रयोग बढ्दै गएका कारण माटोमा अम्लीयपन बढेको प्राविधिक कर्मीको भनाई छ ।

ADVERTISEMENT

उहाँले माटोको उर्वशक्ति बढाउन रायसायनिक मलको विकल्प खोज्न कृषकहरुलाई सुझाव दिनुभएको छ । कुर्मीले भन्नुभयो ‘रासायनिक मलको विकल्पमा बढी भन्दा बढी कम्पोष्ट मल, जैविक मल प्रयोग गरौं ।’ कृषि केन्द्रले माटोको परीक्षण निःशुल्क गर्ने व्यवस्था गरेकाले समय–समयमा माटो परीक्षण गर्न पनि कृषकलाई आग्रह गरेका छन् । केन्द्रले बेला–बेलामा माटो उर्वशक्ति बढाउन कृषकहरुलाई कृषि सामग्री समेत दिर्दै आएको छ ।

हरेक वर्ष डिसेम्बर ५ मा माटोको गुणस्तरका बारेमा प्रचार–प्रसार गर्नुको साथै माटोको परीक्षणका बारेमा जानकारी दिने उद्देश्यले विश्व माटो दिवस मनाउने गरिन्छ । मंगलबार पनि पाल्पासहित देशैभर यो दिवस मनाइएको छ । एफएओको सिफारिसमा संयुक्त राष्ट्र संघको ६८ औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन सुरु गरेको थियो । नेपालमा भने सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज