काठमाडौं । नेकपा एकीकृत समाजवादीको यसअघि तोकिएको महाधिवेसन सर्ने भएको छ ।
पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा तयारी नपुगेको तथा राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै यसअघि तय भएको महाधिवेसन सार्ने भएको हो ।
जसका लागि बैठक बिहान ११ बजे बोलाइएको प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभएकाे थियाे ।
नेकपा एसको गत भदौ ५, ६ र ७ गते ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४-१८ गते महाधिवेशन गर्ने निर्णय लिएको थियो । तर, जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेसनको मिति सार्ने प्रस्ताव पेश गर्ने बुझिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता